सबको मन कहा हुन्छ एकै बराबर

सबको मन कहा हुन्छ एकै बराबर
चाहेजस्तो कहा हुन्छ सबै सराबर।

अल्झिदिन्छ कहिले काहि सानो तुनामा
थन्किदिन्छ कहिलेकाहि मन्कै कुनामा
सबको भाग्य कहा हुन्छ एकै बराबर
चाहेजस्तो कहा हुन्छ सबै सराबर।

उड्ने गर्छ कहिले मन चंगा बनेर
राख्न कहा सकिन्छ र मनै बाँधेर
भाग्य कहा दैवले दिन्छ बराबर
चाहेजस्तो कहा हुन्छ सबै सराबर।

सबको मन कहा हुन्छ एकै बराबर
चाहेजस्तो कहा हुन्छ सबै सराबर।

१ जनवरि २०१२
टुकर लाईन्स, सेरिया, ब्रुनाई