बाटो हेर्दै निस्टुरीलाई, पर्खि रहन्छौ

बाटो हेर्दै निस्टुरीलाई, पर्खि रहन्छौ
बोलाउदा नि बोल्दिनौ, हेरी रहन्छौ

धोका खायौ कि कतै, तिम्ले पिरतीमा ?
ठुलै बाधा पर्यो कि, तिम्रो जीन्दगीमा ?
निरास छौ हिजो आज, टोलाई रहन्छौ
बोलाउदा नि बोल्दिनौ, हेरी रहन्छौ

पाउनु र गुमाउलाई, आफ्नो भाग्य मान्नु
सजाएको एउटा फुल्लाई, बगैचा मै फाल्नु
बिर्सिएको त्यै फुललाई, सम्झि रहन्छौ
बोलाउदा नि बोल्दिनौ, हेरी रहन्छौ

बाटो हेर्दै निस्टुरीलाई, पर्खि रहन्छौ
बोलाउदा नि बोल्दिनौ, हेरी रहन्छौ

मिती १७ ०२ २०१२
ब्रुनाई