म जहा जाउँ जे गरु, मेरै देशको मायाँ छ

म जहा जाउँ जे गरु, मेरै देशको मायाँ छ
पुर्व जाउ पश्चिम जाउँ, मेरो एउटै छाँया छ

कोटि कोटि तारा आकाशमा, यहाँ मेरै देश छ
यहाँ अनेक जाती अनेक भाषा, अनेक भेष छ
जुनै कुना पुगु संसारको, मेरै देशको मायाँ छ
पुर्व जाउ पश्चिम जाउँ, मेरो एउटै छाँया छ

प्रान्त होस, संघियतामा होस, स्थिरता छाउने छ
हजार फुलको बगैचा हो, सबैमा वासना आउने छ
गोडौ यै फुललाई फुलाउँ मिली, यै ठाँउको मायाँ छ
पुर्व जाउ पश्चिम जाउँ, मेरो एउटै छाँया छ

म जहा जाउँ जे गरु, मेरै देशको मायाँ छ
पुर्व जाउ पश्चिम जाउँ, मेरो एउटै छाँया छ

२१ फरवरी २०१२
टुकर लाईन्स, सेरिया
ब्रुनाई