नजाने गाउको तिमीले बाटो कतै बिरायौ कि ?

नजाने गाउको तिमीले बाटो कतै बिरायौ कि ?
एक्छिनको भेटमा तिमीले मायाँ त्यतै सार्यौ कि ?

नजिर भो तिम्रो गाउँमा चल्दैछ चर्चा यहाँ पनि
दिए कि कसैले लजराना हेरेनौ मलाई आज पनि
उपहार पाएर तिमीले साच्चि नै मलाई बिर्षि यौ कि ?
एक्छिनको भेटमा तिमीले मायाँ त्यतै सार्यौ कि ?

काडाँले सजायौ मुटुलाई बुझेनौ मेरो मायाँलाई
टेकेर हिड्यौ छातिमाथि सुनेनौ मेरो धड्कनलाई
मायाँको अर्थ नबुझि नै कसैले मोहनी लायो कि ?
एक्छिनको भेटमा तिमीले मायाँ त्यतै सार्यौ कि ?

नजाने गाउको तिमीले बाटो पो कतै बिरायौ कि ?
एक्छिनको भेटमा तिमीले मायाँ त्यतै सार्यौ कि ?

२३ फरवरी २०१२, टुकर लाईन्स
ब्रुनाई