तिमी वर्षाद भएर आउ, भेल भएर आउँ

तिमी वर्षाद भएर आउ, भेल भएर आउँ
तर बिन्ति छ मेरो, बगाएर मलाई नलैजाउँ

तिमी आउने भए, पुर्णिमाको जुनमा आउ
औँशिको निष्पटलाई, तिमी ज्यातिले भगाउँ
तिमी बतास बनेर आउँ, हुरी बनेर आउँ
तर बिन्ति छ मेरो, बगाएर मलाई नलैजाउँ

तिमी सक्छौ भने, तिम्रो मुटु लिएर आउ
मेरा यो एक्लोपन, तिमी धड्कनले भगाउँ
तिमी बाढी भएर आउ, आँधि बनेर आउँ
तर बिन्ति छ मेरो, बगाएर मलाई नलैजाउँ

तिमी वर्षाद भएर आउ, भेल भएर आउँ
तर बिन्ति छ मेरो, बगाएर मलाई नलैजाउँ

२३ फरवरी २०१२, टुकर लाईन्स
ब्रुनाई