घाम बिना संसार नै, हुन्छ अन्धकार

घाम बिना संसार नै, हुन्छ अन्धकार
मेरो कशम तिमी नै हो, मेरा यो संसार

एक मुठि सास नै हो, हाम्रो जीन्दगी
जुनि जुनि मायाँ गासौ, यै हो जीन्दगी
मेरो लागी कोही छैन, तर्न यो जंघार
मेरो कशम तिमी नै हो, मेरा यो संसार

तिमीलाई नै रोजेको छ, मेरो यो मन्ले
अजम्वरि कोहि हुन्न, भएको त्यो धनले
चोखो मायाँ ठुलो हुन्छ, हुन्न धन्को भण्डार
मेरो कशम तिमी नै हो, मेरा यो संसार

घाम बिना संसार नै, हुन्छ अन्धकार
मेरो कशम तिमी नै हो, मेरा यो संसार