चाहेर पनि तिमीलाई, आफ्नो बनाउन सकिन

चाहेर पनि तिमीलाई, आफ्नो बनाउन सकिन
भुलेर पनि तिमीलाई, सधैँ एक्लो बन्न सकिन।

खेल्छन् मनमा कुरा, तिमी कस्की भयौ ?
जन्म घर त्यागी, कुन कर्मघरमा गयौ ?
जन्म घर नै सधैँ, वस भन्न सकिन
भुलेर पनि तिमीलाई, सधैँ एक्लो बन्न सकिन।

कहा पाईदो रहेछ र, मनले सबै रोजेको
कहा भेटिदो रहेछ र, चाहेजस्तो खोजेको
भाग्य नै त रैछ सबै, मैले भन्नै सकिन
भुलेर पनि तिमीलाई, सधैँ एक्लो बन्न सकिन।

चाहेर पनि तिमीलाई, आफ्नो बनाउन सकिन
भुलेर पनि तिमीलाई, सधैँ एक्लो बन्न सकिन।