तिमी एकछिन नहुदाको पल, जीन्दगी ब्यर्थ लाग्छ

तिमी एकछिन नहुदाको पल, जीन्दगी ब्यर्थ लाग्छ
निश्सासिएर कता कता, वेहोस भएझै भा छ।

यो सुनसान ठाँउमा, कता कता हावाको वेग सुन्छु
ओर्लेर पलंगबाट, यता कता तिमीलाई खोज्छु।
तिमी हिडे यताको पल, यै ठाँउनै विरानो लाग्छ
निश्सासिएर कता कता, वेहोस भएझै भा छ।

यिँ चारपलहरु पनि, किन किन वर्षौ झै लाग्छ,
छाडेर यो ठाँउलाई, तिमीलाई भेटु झै भा छ।
तिमी नहुदाको यो पल, एतै कतै भएझै लाग्छ,
निश्सासिएर कता कता, वेहोस भएझै भा छ।

तिमी एकछिन नहुदाको पल, जीन्दगी ब्यर्थ लाग्छ,
निश्सासिएर कता कता, वेहोस भएझै भा छ।

रचना मिती १३ जुलाई २०१२
सेरीया, ब्रुनाई