पिल पिल बल्ने जुनकिरी बनी, आई दिनु साँझमा

तिम्रै यादमा डुबिरहन्छु, उठाउनु मलाई बेहोसमा

खोल्न सकिन मन्का कुरा, मेरो ह्रदयलाई सुनिदिनु
शब्द छैन बोल्नलाई, मेरो मनलाई बुझिदिनु
ढकमक्क फुल्ने फुल बनी, आई दिनु मनमा
तिम्रै यादमा डुबिरहन्छु, उठाउनु मलाई बेहोसमा

हाम्रो मायाँ कमजोर रै छ, कलिलैमा चुटि दियो
बेमौसमे भेलहरुमा, हाम्रो कशम बगी दियो
त्यै भेलबाट तैरिएर, आई दिनु मेरो साथमा